logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    अस्पतालमा तातो बेसार–ज्यानो पानी र चिया–अण्डा वितरण शुरु


    १ जेष्ठ २०७८ , शनिबार

    अस्पतालमा तातो बेसार–ज्यानो पानी र चिया–अण्डा वितरण शुरु

    कमल रायमाझी
    भैरहवा,१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धाथनगर नगर कमिटि रुपन्देहीले कोरोनाको संक्रमण भएर भिम अस्पतालमा रहेका विरामीका लागि निःशुल्क तातो पानी, बेसार, ज्यानो पानी, चिया र अण्डा वितरण शुरु गरको छ ।


    शनिवार बाट शुरु गरिएको वितरण कार्यक्रमलाई केहि दिन सम्म निरन्तरता दिने माओवादी केन्द नगर कमिटिले जानकारी दिएको छ ।
    दिनको तिन पटक विहान, ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ देखि २ बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म विरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्यानो पानी, चिया र अण्डा वितरण गरिने पार्टीका नगर ईञ्चार्ज डार्विन रोक्का मगरले जानकारी दिए ।
    कोरोनाका कारण अस्पतालमा भर्ना भएका विरामी र उनका कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानिय बजारमा निषेधाज्ञा जारि भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न शुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी न्यौपानेले बताए ।
    वितरण कार्यक्रम पार्टीको नगर कमिटि, जनबर्गिय संगठन वाईसिएल नेपालले संयुक्त रुपमा संचालन गर्ने पार्टीको नगर कार्यालयले जनाएको छ । माहामारीको बेलामा आपत्तमा परेका विरामीहरुका लागि मानवताको हिसावले सहयोग गरिएको पार्टीका नेता फैज अहमद खानले जनाए ।
    सो पार्टीले अस्पतालमा शुरु गरिएको वितरण कार्यक्रमलाई सफल पार्नका लागि सवैले आआफ्नो क्षेत्र बाट सहयोग पुराउन पनि अनुरोध गरेको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.