logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    यौन सम्बन्धी केही रोचक तथ्यहरु


    ७ जेष्ठ २०७८ , शुक्रबार

    यौन सम्बन्धी केही रोचक तथ्यहरु

    एजेन्सी । दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । तर दुनियाको अनिवार्य तथा शाश्वत सत्यको रुपमा रहेको सेक्सका विषयमा धेरै तथ्य तथा सत्यहरुका बारेमा हामी बेखबर हुन्छौँ ।

    कतिपय तथ्यहरु त पत्यारै नलाग्ने पनि हुन्छन् । सेक्स सम्बन्धी केही तथ्य यस्ता छन् ।सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ ।एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।पुरुषको यौनांगबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही सम्म मात्र बाँच्न सक्छन् तर यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीन देखि पाँच दिनसम्म बाँच्न सक्छन् । सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठीन हुन्छ । यसको कारण छ । किनकी सम्भोगका बेला सरीरमा एन्टी ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहनछ । सम्भोगका बेला पूरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशत सम्मले बढ्ने गर्दछ । सम्भोग तनाव निवारक औषधि पनि हो । सेक्सको बेला उत्सर्जन हुने रिल्याक्सिंग हर्मोनका कारण ब्लड प्रेसर कम हुन्छ र मूड पनि राम्रो हुन्छ । त्यसैले सम्भोगले टाउको दुखेको तथा तनाव जस्ता कुरा शान्त गरिदिन्छ । अध्ययन अनुसार हप्तामा कम्तिमा पनि तीन पटक सम्भोग गर्ने मानिसहरुमा बुढोपनाले छिटै सताउने समस्या कम हुन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.