logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    राहत वितरण गर्दै नेपाल भारत मैत्री संघ


    ३१ जेष्ठ २०७८ , सोमबार

    राहत वितरण गर्दै नेपाल भारत मैत्री संघ

    बेलहिया, ३१ जेठ । नेपाल भारत मैत्री संघ बेलहिया उप–शाखा, रुपन्देहीले सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।


    कोभिड माहामारीको नियन्त्रणका लागि स्थानिय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका ६० जना विपन्न तथा मजदुरहरुको परिवारलाई खाध्यान्न वितरण गरिएको संघको कार्यालयले जनाएको छ ।
    नेपाल भारत सीमाक्षेत्रमा दैनिक मजदुरी गर्नेहरुको परिवार लाई दैनिकी चलाउन समस्या परेको खवर थाहापाएपछि केहि दिनको राहत सामाग्री वितरण गरिएको उप–शाखा बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ताले जानकारी दिए ।
    खाध्यान्न वितरण कार्यक्रममा प्रमुख अतिथि मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमालको, विशिष्ट अतिथि मैत्री संघका धकधई उप–शाखाका अध्यक्ष बेचन कान्दुको आतिथ्यता रहेको उप–शाखाका सल्लाकार सुरेन्द्र क्षेत्रीले जानकारी दिए ।
    उप–शाखा बेलहियाका उपाध्यक्ष माधव शर्मा, कोषाध्यक्ष चण्द्रीकामणी त्रिपाठी, सल्लाहकारहरु दुर्गा क्षेत्री, पशुपती कान्दु, किशोर जोशी, सदस्यहरु एजाज वारिस, हरेराम कलवार, व्यवसायी राजेश जयसवाल लगाएले उपस्थित रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.