मनोज क्षेत्री
भैरहवा, ९ साउन । “हामी सेवा गछौ ।” भन्ने मुलमन्त्र रहेको लायन्स मानविय सेवामा सधै समर्पित रहेको छ । लायन्सले गरिबी, दुःखी र असाहयका लागि सधै काम गरिरहेको लायन्स अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको छ ।

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले शनिबार ओमसतिया गाँउपालिका वडा नम्बर ४ बसन्तपुर स्थित बोधी रेडशन रिसोर्टमा आयोजना गरेको लायन्स अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले लाइनिजमको मुल मर्म र सिद्धान्तको बिषयमा बताएका छन् ।
भर्खर चाटर्स भएको लायन्स क्लब अफ ओमसतिया र लायन्स क्लव अफ भैरहवा ग्रीन सिटीका सदस्यहरुलाई दिएको संयुक्त अभिमुखिकरण तालिममा लायन्स क्लव अफ भैरहवा ग्रीन सिटीका वर्ष २०२१÷२२ का अध्यक्ष लायन गोविन्द प्रसाद गिरीले मानिसमा सेवाको भाव सधै जागृत हुनुपर्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका वर्ष २०२१÷२२ द्वितीय भाइस डिस्ट्रिक गभर्नर पिएमजेअफ लायन नवराज न्यौपानेले लायन्स ग्रिनसिटीको प्रशंसा गर्दै स्थापना कालको छोटो समयमै लायन्स क्लब अफ ओमसतियालाई जन्माउनु उत्कृष्ट कार्य भएको बताए । उनले लायन्सको सिद्धान्त सवै सदस्यहरु अनुचरण गर्नुपर्ने भन्दै समाज र देशका लागि सहिमार्गमा लाग्न आग्रह गरेका थिए ।
त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक चिफ एडभाईजर एमजेअफ उमंग देवकोटाले लायन्स क्लबको विषयमा, लायन्सका विभिन्न पदाधिकारीको भूमिका तथा कर्तव्यका बारेमा जानकारी गराएका थिए ।
डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्सको काम कर्तव्य र अनुशासन सम्बन्धी तालिम दिएका थिए । एल.सी.आइ.अफ. संयोजक ईं किरण खरेलले कोष सम्बन्धी तालिम दिएका थिए । डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डेले बैठक संचालन सम्बन्धी तालिम दिए ।

लायन्स भैरहवा ग्रीन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले संस्था स्थापनाको बारेमा प्रकाश पारेका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१÷२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाले लायन्स क्लबले सामाजिक सेवामा हात अगाडी बढाएको बताए ।
कमल रायमाझीको संयोजकत्व तथा रोशन शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपकी अध्यक्ष माया सारु मगर, लायन्स गीन सिटी तथा लायन्स ओमसतियाका सदस्यहरुको उल्लेखनिय सहभागिता थियो ।