पशुपती यादव
धकधई, ६ भदौ । नेकपा माओवादी केन्द्र ओमसतियाका वडा भेलाहरु भैरहेका छन् । शनिवार गाउँपालिकाको वडा नम्बर ५को भेला पनि सम्पन्न भएको छ । भेलामा कार्यक्रमका प्रमुख अतिथी हिरा केवट (राहुल)ले राजनितिक र समसामयिक विषयमा राजनितिक प्रशिषण दिएका थिए । उनले भेला बाट निर्माण भएको २९ सदस्य वडा कमिटीलाई शुभकामना दिदै माओवाद र समाजवाद उन्मुख माओवादी राजनितिलाई आत्मसात गर्दै अगाडी बढ्न उपस्थित कार्यकर्तालाई निर्देशन दिएका थिए ।

भेलामा पार्टीका जिल्ला सचिवालय सदस्य तथा युवा नेता गोविन्द पंगेनीले माओवादी केन्द्र जनता पक्षमा कामगर्ने मिसन भिजनका साथ अगाडी बढेको बताउदै स्थायिन तहको विकास र समृद्धीमा नेता तथा कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने निर्देशन दिएको थिए ।
पार्टीका गाउँपालिका अध्यक्ष प्रमोद यादवले माओवादी क्रान्तीका कारण देश परिवर्तन भैसकेकाले यसको संस्थागत बिकास र आर्थिक विकासमा सवैले साथ दिन आग्रह गरेका थिए । भेलामा माओवादीका स्थानिय नेता अमर सिंह क्षेत्रीले लामो जनयुद्धका कारण स्थापित गणतन्त्रलाई बचाउनका लागि माओवादीले एकतावद्ध भएर राजनितिक गर्न आवश्यक रहेको बताए ।
पशुपती यादवको सञ्चालन तथा सदावृक्ष कुर्मीको अध्यक्षामा भएको भेलामा गाउँपालिकाका–६ का वडा अध्यक्ष शिव धवल, स्थानिय नेताहरु राजेन्द्र गौड, मकबुल धुनिया, अनिल लोध लगाएतको उपस्थित रहेको थियो ।