पशुपती यादव
धकधई , ६ भदौ । जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १२ को जुटपानी क्षेत्रमा रोहिणी खोलाको कटानले स्थानिय बासिन्दा त्रसित बनेका छन् । हालै आएका बाढिले जुटपानीक्षेत्रको खेतीयोग्य क्षेत्र र समैयामाई सामुदायिक बनक्षेत्र रोहिणी खोलाको बाढिले कटान गर्न शुरुगरेपछि स्थानिय जनताहरु त्रासमा परेको हुन ।
बाढिले अहिले सम्म खेती योग्य जमिन र बनक्षेत्र कटान गर्दै लगेकाले गाउँबस्तीमा पनि पस्न सक्ने सम्भावना रहेको स्थानिय जुटपानी टोलविकास समितीका अध्यक्ष बटौहिया केवटले बताए । बाढि आउन शुरु भएपछि स्थानियहरु घरमा भएका आफ्ना कागजात र सरसमान बोकेर डाडाक्षेत्रमा भाग्नुपर्ने अवस्था आएको टोलविकास समितीका अध्यक्ष केवटले बताए ।
विस बिघा बनक्षेत्र रहेको समैयामाई सामुदायिक बनका रुखहरु समेत खोलाले बगाउदै लगेको र स्थानियहरुको रोपाई गरेको खेत समेत बगाउदा स्थानियहरु चिन्तामा परेको बन उपभोक्ता समितिका अध्यक्ष रामविलास यादवले जानकारी दिए ।
जुटपानी टोलविकास समितीका र बनउपभोक्ता समितिले सयुक्त रुपमा स्थानिय सरकार र प्रदेश सरकार संग नदि कटान न्युनिकरण गर्नका लागि आग्रह समेत गरेका छन् ।