logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    पत्रकार महासंघसँग प्रेस संगठनको छलफल


    १६ भाद्र २०७८ , बुधबार

    पत्रकार महासंघसँग प्रेस संगठनको छलफल

    भैरहवा । प्रेस संगठन रुपन्देहीमा आबद्ध नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमितिमा निर्वाचित भएका कार्यसमिति सदस्यहरु तथा पदाधिकारीहरुले संगठनका अध्यक्ष कमल रायमाझीसँग छलफल गरेका छन् ।
    उनीहरुले संगठन र पत्रकार महासंघलाई कसरी सहकार्य गरी आगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको प्रेस संगठन रुपन्देही शाखाले जनाएको छ ।

    पत्रकार महासंघमा आबद्ध रहेका पत्रकारहरुले खेल्नुपर्ने भूमिका र संगठनले गर्नुपर्ने सहयोगको समेत विषयमा छलफल भएको थियो । छलफल कार्यक्रममा संगठनका अध्यक्ष रायमाझीले पत्रकारहरुको छाता संस्था पत्रकार महासंघ भएकोले सबै पत्रकारहरुको पक्षमा साझा चरित्र प्रस्तुत गर्नु, नेतृत्वसम्म सहकार्य र सहमतिमा आगाडी बढ्नु र इमान्दारीका साथ श्रमजीवि पत्रकारको पक्षमा काम गर्न निर्देशन दिएका थिए ।

     रुपन्देही पत्रकार महासंघको कार्यसमितिमा प्रेस संगठनको तर्फबाट  कोषाध्यक्ष संजय सौगात, सह–सचिव माया केसी, सदस्यहरु कपिल अधिकारी, राज चौधरी, मोहन न्यौपाने, प्रकाश पाण्डे र टक सुनार गरि ७ जना रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.