भैरहवा । प्रेस संगठन रुपन्देही शाखाको सचिवालय बैठक भैरहवामा सम्पन्न भएको छ । मंगलबार भैरहवामा बसेको सचिवालय बैठकले संगठनले तत्काल गर्नुपर्ने एजेण्डाको विषयमा छलफल गरी निर्णय गरेको छ ।
संगठनका अध्यक्ष कमल रायमाझीको अध्यक्षतामा र सचिव विष्णु पोखरेलको संचालनमा भएको बैठकले हरितालिका तीजको उपलक्ष्यमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने र साथसाथै संगठनलाई व्यवस्थित र सुदृढिकरण अभियान र पत्रकार महासंघसँगको सहकार्य गर्ने छलफल गरी निर्णय गरेको संगठनका कोषाध्यक्ष संजय गुरुङ्गले बताए ।

संगठनले स्थानिय र प्रदेश सरकारसँगको सहकार्यलाई निरन्तरता दिने र संगठनका सदस्यहरुलाई खोजमुलक सामाचार पस्किने तालिमहरु प्रदान गर्ने निर्णय गरेको संगठनका सचिवालय सदस्य निर्मल एसपी मगरले जानकारी दिए ।