भैरहवा । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा कोटिहवा शाखा रुपन्देहीले बाढी प्रभावित सदस्यलाई राहत वितरण गरेको छ ।
अविरल वर्षाको कारण बाढिबाट घर भत्केका शेयर सदस्यहरु तथा व्यवसायमा पुगेको क्षतिलाई आधार मानि जनउत्थानको सम्पर्क नम्बरमा फोन गरि क्षतिको विवरण टिपाएका र स्थलगत भेट्घाट गरि अति निम्न वर्गका १६ जना शेयर सदस्यहरुलाई संस्थाको तर्फबाट केहि हदसम्म भएपनि राहत मिलोस भनि संस्थाको सदस्य राहत कार्यविधि २०७७ को अधिनमा रहि रु ५÷५ हजारको दरले ८० हजार बराबरकोे आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले जानकारी दिएका हुन् ।
राहत ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल), तिलोत्तमा १७ का अध्यक्ष दान चौधरी, तिलोत्तमा १४ का वडा सदस्य यम बहादुर थापाको रोहवरमा पीडित सदस्यलाई हस्तान्तरण गरिएको संस्थाका सचिव सरु रानाले जानकारी दिइन् ।
बाढीबाट प्रभावित सदस्यहरुको घरै गएर स्थलगत भेटघाट सञ्चालक सदस्य निल प्रसाद पुन, कर्ण बहादुर पुन, बुद्धिबल न्यौपाने, उपसमिति सदस्य केश बहादुर थापा, भुम बहादुर रेश्मी लगायत संस्थाको टोल प्रमुखले गरेको संस्थाका अध्यक्ष ज्ञानु पौडयालले बताए । संस्थामा २६ हजार ९ सय ८५ सदस्य रहेको र केन्द्रिय कार्यालय सहित ८ वटा सेवा केन्द्र मा २ अर्ब ५६ करोडको पुँजी रहेको व्यस्थापक रन बहादुर थापाले जानकारी दिए ।