logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    शैक्षिक अवस्था चिन्ताजनक


    १९ भाद्र २०७८ , शनिबार

    शैक्षिक अवस्था चिन्ताजनक

    भैरहवा, भदौ–१९ । कोभिड १९ को महामारी पछि रुपन्देहीमा रहेका शैक्षिक संस्थाहरुको अवस्था कमजोर भएको छ । शैक्षिक संस्थाको अवस्था कमजोर हुँदा शैक्षिक अवस्था पनि चिन्ताजनक देखिएको छ । २०७६ चैत ११ देखि शुरु भएको लकडाउनका कारण विद्यालयहरु बन्द छन् । विद्यार्थीहरु घरमा थुनिएर बसेका छन् । जसका कारण पनि शिक्षाको अवस्था अहिले कमजोर देखिएको छ । केही निजी विद्यालयहरुले अनलाइन कक्षाहरु सञ्चालन गरेपनि सरकारी विद्यालयहरुमा पढ्ने विद्यार्थीहरु विगत २ वर्ष देखि स्कुल गएर पढ्न पाएका छैनन् । जसका कारण विद्यार्थीहरुलाई प्रत्यक्ष असर परिरहेको शिक्षाविद्हरु बताउँछन् ।

    कोभिडको पहिलो र दोस्रो लहरले थला परेका विद्यालयहरु पुनः सुचारु गर्न सरोकारवाला निकायहरु तयार नहुँदा बन्द गरिएका विद्यालयहरु कहिलेसम्म बन्द गर्ने हो भन्दै अविभावकहरु विभिन्न सरोकारवालाहरु निकायसम्म पुग्ने गरेका छन् ।

    युनिभर्सल पब्लिक हाई स्कुलका प्रबन्ध निर्देशक गोकुल पोखरेलले लकडाउनले पढ्ने विद्यार्थीहरुलाई असर परेको बताए । उनले निजी विद्यालयहरुको अवस्था समेत नाजुक भएकोले विद्यालयका सञ्चालकलाई आर्थिक दायित्व बढेको जानकारी दिए । स्कुलहरु बन्द हुँदा विद्यार्थीको शैक्षिक क्षमता नै कमजोर बन्दै गइरहेको छ । यस्तै अवस्था अझैं थपिने हो भने नेपालको शैक्षिक स्थिति डामाडोल हुने पोखरेलले बताए ।

    विद्यार्थीहरु दिनभरी घरमै बस्दा मानसिक रुपमा समेत समस्या देखिएको शिक्षाविदहरु बताउँछन् । रिसाउने, झर्किने, जिद्दीपन जस्ता नकारात्मक व्यवहार समेत देखाउने गर्दा अभिभावकहरु समेत विचल्लीमा परेका देखिन्छन् ।

    जेसिज इङ्लिस बोर्डिङ्ग सेकेण्डरी स्कुलका प्राधानाध्यापक हिरा गुरुङले लकडाउनका कारण विद्यार्थीलाई भौतिक रुपमा पढाउन नसकेपनि अनलाइन कक्षा सञ्चालन गरेको बताए । अनलाइन कक्षा सञ्चालन गर्दा सबै विद्यार्थी सहभागी नभएको भन्दै प्राचार्य गुरुङले शैक्षिक सिकाइमा समस्या देखिएको बताए ।

    सरकारले कोभिड पछिको लकडाउनलाई निरन्तरता दिंदा विकल्पको रुपमा शैक्षिक संस्था चलाउने योजना ल्याउनुपर्ने, गुरुङले भने । यातायात, पर्यटन, मनोरञ्जन क्षेत्र खुल्ला गर्दा शैक्षिक क्षेत्र पनि खुल्ला गर्न सरकारले अनुमति दिनुपर्छ ।

    नेपाल सरकारले स्थानीय सरकारलाई अवस्था हेरी स्कुल सञ्चालन गर्ने अनुमति दिएपनि स्थानीय जनप्रतिनिधिहरुले बेवास्था गरेका छन् ।
    फ्युचर लाईट इङ्लिस बोर्डिंग स्कुलका प्रिन्सिपल बलदेव गुरुङले शैक्षिक संस्थामा भौतिक रुपमा कक्षा सञ्चालन गर्नका लागि छलफल चलिरहेको भन्दै स्थानीय सरकारसँग सहकार्यता आवश्यकता रहेको बताए ।

    संसारभरि कोभिडका कारण मानिसहरु आतंकित भइरहेको बेलामा हामीले पनि यस्ता कुरालाई मध्येनजर गरी व्यक्तिगत रुपमा, सामूहिक रुपमा र संस्थागत रुपमा निर्णय लिनुपर्दछ । गुरुङले भने ‘‘प्याब्सनले सरकारसंग छलफल गरिरहेकाले सामाजिक दुरी कायम गरि स्वास्थ्य मापदण्ड पालन गरी शैक्षिक संस्थाहरु सुचारु हुने अपेक्षा गरिएको छ ।’’

    नेपालमा शैक्षिक अवस्थाको मापनमा समेत असर पर्ने खालका योजना र निर्णयहरु रोक्दै शैक्षिक संस्थाहरु वैकल्पिक माध्यमहरु अपनाएर खोल्न पर्ने देखिन्छ । यो गरिएन भने देशमा नयाँ पुस्ताले पाउनुपर्ने शिक्षा नपाउने पक्का भएको छ ।

     

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.