logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    माणिग्राममा विशेष रक्तदान कार्यक्रम सम्पन्न


    २० भाद्र २०७८ , आइतबार

    माणिग्राममा विशेष रक्तदान कार्यक्रम सम्पन्न

    भैरहवा । तिलोत्तमा नगरपालिका वडा नं. ५ माणिग्राम चोकस्थित रेडियो लुम्बिनीको कार्यालय अगाडि विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल स्वयंसेवी रक्तदाता समाज ओमसतिया शाखाको आयोजना तथा हाम्रो मलेशियन कार्निस एण्ड जिप्सन सप्लायर्सको प्रयोजनमा शनिबार उक्त विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चेत नारायण भण्डारीको प्रमुख अतिथ्यता एवं सबिन गुरुङको विशिष्ट अतिथ्यतामा भएको विशेष रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सोही कार्यक्रमका बीच ६८ पटक रक्तदान गरेका पुर्णचन्द्र सुवेदीलाई नेपाल स्वयंसेवी रक्तदाता समाज ओमसतिया शाखाले सम्मान गरेको थियो ।

    नेपाल स्वयंसेवी रक्तदाता समाज ओमसतिया शाखाका अध्यक्ष गिरिजा शाही ठकुरीको अध्यक्षता तथा रक्तदाता समाज ओमसतिया शाखाका सचिव संजय गुरुङको सञ्चालनमा रहेको उक्त रक्तदान कार्यक्रमको संयोजन लक्ष्मी गुरुङले गरेकी थिइन् ।

    यस अघि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसञ्चार केन्द्र, बुटवल तथा सिद्धार्थनगरद्धारा आयोजित ५५ औं रक्त सञ्चार दिवस कार्यक्रममा सय युनिट भन्दा बढी रक्तदान गर्ने संस्थाहरु मध्ये १ सय ६० युनिट रगत सङ्कलन गरी ओमसतिया शाखा सर्वोत्कृष्ट भएको नेपाल स्वयंसेवी रक्तदाता समाज ओमसतिया शाखाका सचिव संजय गुरुङले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.