logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    बस्ती कटान क्षेत्रको निरीक्षण गर्दै मुख्यमन्त्री केसी


    २० भाद्र २०७८ , आइतबार

    बस्ती कटान क्षेत्रको निरीक्षण गर्दै मुख्यमन्त्री केसी

    पशुपति यादव
    धकधई । अविरल वर्षाका कारण रोहिणी गाउँपालिका अन्तर्गत तुरिया नदि कटान खोलाले खुरहुरियाको बस्तीमा पुर्याएको क्षतिको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई निरीक्षण गराइएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रोहिणीले मुख्यमन्त्रीलाई उक्त नदि कटान बस्ती क्षेत्रको क्षति र डुबानको निरिक्षण गराएको माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदिप कुमार पाण्डेले लुम्बिनी खबरलाई जानकारी दिए ।

    अध्यक्ष पाण्डेका अनुसार मुख्यमन्त्री केसीलाई मैनिहवा स्मार्ट कृषि, पिपरहवा मावि, पोखरभिण्डा मदरशा, समेतको निरिक्षण गराइएको हो ।
    अविरल वर्षाका कारण गाउँपालिकाका विभिन्न बस्तीहरुमा क्षति पुर्याएको जानकारी दिदंै क्षति पूर्ति समेतको लागि माओवादी केन्द्र प्रदेश सरकारसँग माग गरेको छ ।

    मुख्यमन्त्री केसीले गाउँपालिका स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम समेत गरेको माओवादी केन्द्रका नेता नाथु गुप्ता (भगत सिंह) ले जानकारी दिए ।
    उनले भने, ‘माओवादी केन्द्र रोहिणी र ओमसतियाका पार्टी कार्यकर्ताहरुलाई मन्त्री केसीले भेटघाट गर्नुका साथै जनताको काममा लाग्न निर्देशन दिएका थिए ।’ कार्यकर्ता भेटघाटका क्रममा मुख्यमन्त्री केसी र लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीलाई माओवादी केन्द्र रोहिणी गाउँपालिकाको तर्फबाट फुलमाला, खादा र टिका लगाई बधाई तथा शुभकामना दिएको नेता गणेश यादवले जानकारी दिए ।

    कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल), माओवादी केन्द्र ओमसतियाका पार्टी अध्यक्ष प्रमोद यादव, ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिवकुमार धवल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रह्यो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.