logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सानिमा बैंकको शैक्षिक छात्रवृतिको आवेदन खुल्ला


    २२ भाद्र २०७८ , मंगलबार

    सानिमा बैंकको शैक्षिक छात्रवृतिको आवेदन खुल्ला

    काठमाडौं । सानिमा बैंकको शैक्षिक छात्रव्रितिका लागि आवेदन खुल्ला भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई लक्षित गर्दै प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

    बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २÷२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृति प्रदान गर्दै आइरहेको छ ।
    सोही कार्यक्रमलाई निरन्तरता दिदैं बैंकले यस वर्षको लागि पनि छात्रवृति आवेदन खुल्ला गरेको हो । छात्रवृतिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

    छात्रवृति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेवसाइटमा उपलब्ध भएको र यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरु साथै अतिरिक्त मासिक २ हजार नगद सहित दुइ वर्षका लागि छात्रवृति प्रदान गरिने बैंकले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.