logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    कर्मचारीहरुलाई मुख्यमन्त्री केसीको कडा निर्देशन


    २२ भाद्र २०७८ , मंगलबार

    कर्मचारीहरुलाई मुख्यमन्त्री केसीको कडा निर्देशन

    बुटवल, २२ भदौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद के।सी। ‘सोनाम’ ले प्रदेश सरकारले लिएको योजनालाई सफल बनाउनको लागि कर्मचारीहरुले दत्तचित्त भएर सहयोग गर्नका लागि कडारुपमा निर्देशन दिएका छन् । निजामति कर्मचारी सेवा दिवसको अवसरमा उनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

    उनले प्रदेश सरकारको राजनीतिक दृष्टिलाई जनतामा दिदा चित्त बुझ्दो जनगुनासो आउन नदिनका लागि कर्मचारीहरु प्रशासनलाई नयाँ अभियानमा लाग्नका लागि अनुरोध गरे । उनले जनताको सेवाका लागि आएकोले जनतालाई सेवा गर्नका लागि प्रदेश सरकार र निजामति क्षेत्रका कर्मचारीहरु एक भएर अगाडि बढ्नु पर्ने बताए ।

    मुख्यमन्त्री केसीले प्रदेश सरकारले निजामति प्रदेश सेवा कानुन बनाएर अगाडि बढ्ने कुरामा प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको जानकारी गराउँदै मन्त्रालयको जिम्मेवारी वाँडफाँड भएमा सबैले सहयोग गर्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.