logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    क्रान्तिकारीको भेला सम्पन्न


    २३ भाद्र २०७८ , बुधबार

    क्रान्तिकारीको भेला सम्पन्न

    धकधई, २३ भदौ । ओमसतिया गाउँपालिका स्तरीय क्रान्तिकारी विद्यार्थीको भेला सम्पन्न भएको छ । भेलाबाट क्रान्तिकारी विद्यार्थीको ११ सदस्यीय समिति गठन भएको हो । जसमा प्रदिप कुमार ठाकुर अध्यक्ष र सचिवमा कुलदिप हरिजन चयन भएको क्रान्तिकारी विद्यार्थी नेता मोती यादवले जानकारी दिए ।

    क्रान्तिकारी विद्यार्थीका अध्यक्ष प्रदिप कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओमसतिया गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष प्रमोद कुमार यादवले समाज परिवर्तनका लागि युवा विद्यार्थीहरुले क्रान्तिकारी जोसका साथ काम गर्नुपर्ने निर्देशन दिए । हामी दश वर्षे जनयुद्धको उद्देश्य र शहिदहरुको सपनालाई पुरा गर्न र समाज रुपान्तरणका लागि निरन्तर लाग्नुपर्ने कुरामा उनले जोड दिए ।

    ‘माओवादीले जनयुद्धमा उठाएका एजेण्डाहरुको कारण देशमा अहिले समावेशीको आधारमा मधेशी, जनजाति, महिला र दलितले सबै क्षेत्रमा अवसर प्राप्त गरेको कुरा कसैले भुल्नु हुदैन’, उनले भने । माओवादी जनयुद्धकै कारण देशमा गणतन्त्र आएको, मधेशीहरुले अधिकार प्राप्त गरेको, जनताका छोराछोरीहरु राष्ट्रप्रमुख हुने अवसर प्राप्त गरेको, बैलगाडा चढेर अमेरिका नपुग्ने ओली गेंगहरु र महाकाली गण्डक र कोशी बेच्ने दलालहरुले नेपालमा भएको परिवर्तन पचाउन नसकेको कार्यक्रमका प्रमुख अतिथि यादवले बताए ।

    क्रातिकारी विद्यार्थी नेता कुलदिप हरिजनको सञ्चालनमा भएको कार्यक्रममा विशिष्ट अतिथि वडा नं. ६ का वडाअध्यक्ष शिवकुमार धवल, कम्युनिष्टका पुराना नेता अमरसिंह क्षेत्री, क्रातिकारी विद्यार्थी नेता कपिल चापागाई, मोतिराम यादव लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.