logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    क्रान्तिकारीको भैरहवा क्याम्पस भेला


    २६ भाद्र २०७८ , शनिबार

    क्रान्तिकारीको भैरहवा क्याम्पस भेला

    भैरहवा । अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पसको भेला शुक्रबार सम्पन्न भएको छ । भेलामा कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनिल कुमार झाँ ले विद्यार्थीहरुले गुणस्तरीय शिक्षालाई मध्यनजर गरेर संगठन निर्माण गर्ने कुरा बताएका थिए । उनले विद्यार्थी संगठनहरु पनि क्याम्पस परिवार नै भएकाले क्याम्पसको विकास र शैक्षिक उन्नतिमा ध्यान दिन आग्रह गरे ।

    कार्यक्रममा प्रेस संगठन नेपाल रुपन्देहीका अध्यक्ष कमल रायमाझीले सुचना र सञ्चारको युग आजको समय भएकाले रचनात्मक काममा सधै सक्रिय हुनुपर्ने भनाई राखेका थिए । कार्यक्रममा विद्यार्थी नेता कपिल चापागाई, सन्तोष पन्थी, प्रदिप कुमार यादव लगायातले मन्तव्य राखेका थिए ।

    भेलाले २१ सदस्यीय मूल इकाई समिति गठन गरिएको छ । जसको अध्यक्षमा मनिष ढकाल, उपाध्यक्षमा विमल गौतम, सचिवमा विनोद घिमिरे, सह–सचिव जुनु खड्का, सदस्यहरु आशिका भट्टराई, सुवाष आले मगर, आशिका श्रेष्ठ, स्वरुप कुँवर, मन्जु सुनार, विनिता अधिकारी, अशोक सेन, अनिता सिरपाली, श्याम क्षेत्री, सर्वेश चौधरी, विर्सना चौधरी, गोपाल थारु, सुवाष हरिजन, प्राब्हक यादव, वर्षा डुम्रे र खुश्बु खान रहेको अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पसले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.