logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रोहिणीमा वृक्षारोपण गरि मनाईयो निजामति दिवस


    २७ भाद्र २०७८ , आइतबार

    रोहिणीमा वृक्षारोपण गरि मनाईयो निजामति दिवस

    पशुपति यादव
    धकधई । रोहिणी गाउँपालिकामा निजामती दिवस वृक्षारोपण गरि मनाइएको छ । रोहिणी गाउँपालिका वडा नम्बर २ का विभिन्न स्थानमा वृक्षारोपण गरि उक्त कार्यक्रम मनाइएको हो ।

    रोहिणी गाउँपालिकाको आयोजनामा भएको निजामती दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकामा कार्यरत कर्मचारीमध्ये अनुशासित, लगानसिल, मेहनति र कर्मशील भएर काम गर्ने कर्मचारीहरुको मुल्यांकन गरि हिउँदे अधिवेशंनमा पुरस्कृत गरिने बताए ।
    उनले गाउँपालिकाको प्रगति तथा हरेक विकास कार्यमा कर्मचारीहरुको महत्वपुर्ण भूमिका आवश्यक पर्ने हुँदा सदैव साथ र सहयोगको आपेक्षा रहेको बताए । साथै अध्यक्ष यादवले कोभिड –१९ को विषम परिस्थितिमा रोहिणी गाउँपालिका बासीहरुलाई कोरोनाबाट बचाउन महत्वपुर्ण भुमिका खेलेका कर्मचारीहरुको खुल्ला हृदयले प्रशंसा गरेका थिए ।

    त्यस्तै गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले कर्मचारी र जनप्रतिनिधि एकअर्काका परिपुरक रहेको बताईन । ‘यदि कर्मचारी र जनप्रतिनिधिहरु मिलेर इमान्दारीपुर्वक काम गरे देशमा विकास निर्माणका कार्यहरुले ठूलो उपलब्धि पाउने छन्’ उनले भनिन् ।

    हरेक वर्ष भाद्र २२ गते विभिन्न कार्यक्रम गरी मनाउँदै आएको निजामती सेवा दिवस यस वर्ष गाउँपालिकाले वडा नम्बर २ मा रहेको पोखरभिण्डी माध्यमिक विद्यालय, २ नम्बर वडाको कार्यालय, पोखरभिण्डी स्वास्थ्य चौकी र मैनिहवा प्रहरी चौकीमा वृक्षारोपण गरिएको हो । धुपी, निम, बेल, हर्रो, कल्की, टिक, कागती, दालचिनी, सिसौ र रक्तचन्दन गरी १ सय ६ वटा विरुवा रोपिएको र रेखदेखको जिम्मा सम्बन्धित कार्यालयहरुलाई लगाइएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।

    रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको अध्यक्षता, गाउापालिकाका अध्यक्ष सनोज कुमार यादवको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रमान चौधरी, स्वास्थ्य तर्फका कर्मचारी तारानाथ यादव र गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । योजना शाखा प्रमुख राज कुमार मिश्राको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत डाजेन्द्र प्रसाद नेपालले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.