धकधई । रुपन्देहीको पूर्वी भेगमा पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ४ तर्कुलहामा आगलागी हुँदा ५ जना घाईते भएका छन् । तर्कुलहवा निवासी फुलचन केवटको घरमा आगलागी हुँदा सोही घरका ४ जना र नातेदार पर्ने १ जना घाइते भएका हुन् ।
साझँ करिब ६ बजे खाना पकाउने क्रममा आगलागी भएको र घरमा भएका सम्पुर्ण कागजातहरु सहित लाखौको क्षति भएको ईलाका प्रहरी कार्यालय धकधईले जनाएको छ । घाइतेहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भैरहेको छ । घाइते हुनेहरु अन्दाजि १२ वर्षीय खुश्बु केवट, ५ वर्षीय उषा केवट, ५ वर्षीय विशाल केवट, १७ वर्षीय जितेन्द्र केवट र १५ वर्षीय अमन केवट रहेको प्रहरीले जनाएको छ ।
मध्यम वर्गीय पिडित केवटको परिवारलाई आगलागीले बिचल्लीमा पारेको छ । दैनिक ज्याला मजदुरी गरि खरको घरमा बसेर जिविकोपार्जन गर्दै आएको केवटको परिवारलाई थप पिडा थपिएको छ । पिडित परिवारले उपचारका लागि सहयोग गर्न सबैलाई अपिल गरेको छ ।