logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    असोज पहिलो हप्ताबाट दशैंका लागि नयाँ नोट वितरण गरिने


    २८ भाद्र २०७८ , सोमबार

    असोज पहिलो हप्ताबाट दशैंका लागि नयाँ नोट वितरण गरिने

    काठमाडौं । नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने तयारी भइरहेको जानकारी दिए । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरेको थिएन ।
    राष्ट्र बैंकका प्रवक्ता ढकालका अनुसार ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नेछन् । यसका लागि अधिकांश बैंकहरुमा नयाँ नोट पुगिसकेको छ । उनले दशैंमा प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.