logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रुपन्देहीमा असोज १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन हुने


    २९ भाद्र २०७८ , मंगलबार

    रुपन्देहीमा असोज १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन हुने

    भैरहवा, भदौ २९ । भैरहवाको रुपन्देही क्याम्पसमा असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने भएको छ । मंगलबार एक सुचना जारी गर्दै क्याम्पसले भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने जनाएको छ ।

    जिल्लामा पछिल्लो समय कोभिड-१९ को संक्रमण दर घटेको र स्थानिय निकायको निर्णय अनुरुप स्वास्थ्य मापदण्डको पालना गर्दै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले बताए । भौतिक कक्षाहरु बिहान ६ बजेदेखि सञ्चालन हुने क्याम्पसले प्रशासनले जनाएको छ ।

    क्याम्पसले अहिले अनलाईन माध्यमबाट कक्षाहरु सञ्चालन गर्दै आएको छ र अब त्यसलाई असोज १ गतेदेखि भौतिक उपस्थितिमा सञ्चालन गर्न लागिएको जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.