logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    आगलागीबाट प्रभावित भएको केवट परिवारलाई सहयोग


    २९ भाद्र २०७८ , मंगलबार

    आगलागीबाट प्रभावित भएको केवट परिवारलाई सहयोग

    पशुपति यादव
    धकधई, २९ भदौ । जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ४ तरकुलहा आगलागी भइ प्रभावित भएको परिवारलाई गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले खाद्यन्न सहयोग गरेका छन् । आइतबार साँझ खाना पकाउने क्रममा आगलागी भइ प्रभावित भएको फुलचन केवटको परिवारलाई अध्यक्ष यादवले खाद्यन्न सहयोग गर्नुका साथै औषधि उपचारमा सहयोग गर्ने आश्वाशन दिएका छन् ।त्यस्तै तत्काल नेपाल रेडक्रम सोसाईटी उप-शाखा धकधईको पहलमा र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीको सहयोगमा पिडित परिवारलाई त्रिपाल, कम्बल, बाल्टी लगायतका सामग्री वितरण गरिएको शाखाका कोषाध्यक्ष गनपत गुप्ताले जानकारी दिए ।

    जिल्ला शाखाका मन्त्री आर मोहम्मद खाँ, सह-कोषाध्यक्ष पुर्णिमा रौनियार, दुर्गा चौधरी, धकधई इलाका प्रहरी कार्यालय इन्चार्ज लगायतको उपस्थितिमा उक्त सहयोग गरिएको प्रभावित परिवारले जानकारी गराएका छन् । जनताका लोकप्रिय र सहयोगी भावना भएका रोहिणी गाउँपालिकाका अध्यक्ष यादवले विगतमा पनि गरिब, दुखि, आशय र दलित वर्गहरुलाई सहयोग गर्दै आएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.