logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    क्रियाशील पत्रकार चौहानको निधन


    ३० भाद्र २०७८ , बुधबार

    क्रियाशील पत्रकार चौहानको निधन

     

    भैरहवा, ३० भदौ । रुपन्देहीका क्रियाशील पत्रकार बिन्दु कुमार चौहानको मृत्यु भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो ।

    लुम्बिनी क्षेत्रमा रहेर दुई दशकदेखि पत्रकारिता गरिरहेका चौहानलाई तीन दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा रिफर गरिएको र उपचारकै क्रममा मंगलबार राति उनको निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।

    पत्रकार चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वकार्य समिति सदस्य, प्रेस संगठन नेपालका पुर्व केन्द्रिय सदस्य तथा मधेशी पत्रकार समाज रुपन्देहीका सल्लाहकार समेत हुन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिक-११ स्थित मोगलहाका स्थायी वासिन्दा रहेका चौहान दुई दशक देखि लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका थिए । उनी बुटवल टुडे राष्ट्रिय दैनिक, बुद्ध सामुदायिक टेलिभिजन, एबिसी टेलिभिजन, मर्चवार संदेश लगायत विभिन्न संचारमाध्यमहरुमा कार्यरत रहेका थिए ।

    चौहानका परिवारमा श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् । उनको पार्थिव शरीरलाई बुधबार बिहान कोठी नदीमा दहसंस्कार गरिएको हो । चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति, नेपाल पत्रकार महासंघ रुपन्देही, प्रेस संगठन नेपाल लगायत पत्रकार सम्बद्ध संघसंस्थाहरुले दुख व्यक्त गरेका छन् ।
    साथै ‘लुम्बिनीखबर परिवार’ पनि पत्रकार चौहानको आत्माको चीर शान्तिको कामना सहित शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.