भैरहवा, १ असोज । नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) तिलोत्तमाको दोश्रो अधिवेशन केएन सागर ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । । तिलोत्तमा नगरपालिका शंकरपुर स्थित प्याब्सन रुपन्देहीको कार्यालयमा भएको दोश्रो अधिवेशनले ज्ञवालीको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो ।
प्याब्सन तिलोत्तमाको उपाध्यक्षमा मधुप्रकाश ज्ञवाली, सचिवमा किरण गौतम, कोषाध्यक्षमा तुल बहादुर सांरङकोटी (पवन) रहेका छन् ।त्यस्तै सदस्यहरुमा बसन्त पाण्डे, रमेश श्रेष्ठ, चन्द्र अधिकारी, सुन्दर गुरुङ रहेका छन् । समितिलाई पुर्णता दिनका लागि आवश्यक सल्लाहकार समिति पछि चयन गरिने अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
अधिवेशनमा बोल्ने बक्ताहरुले कोरोना संक्रमणका कारण विद्यालयहरु धरासयी हुने अवस्थामा पुगेको भन्दै सरकारले आवश्यक राहतको व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले प्याब्सनलाई विधान अनुरुप चलाउनु पर्नेमा समेत जोड दिएका छन् ।
स्थानिय सरकारले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको अबस्थामा बिद्यार्थी तथा शिक्षक शिक्षिकालाई कोभिड खोपको व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा केन्द्रिय प्याब्सन प्राज्ञिक सल्लाहकार कृष्ण खनाल, केन्द्रिय सदस्य हेमलाल भुसाल, पूर्व केन्द्रिय सदस्य गंगा साही, प्याब्सन लुम्बिनी प्रदेशका प्राज्ञिक सल्लाहकार दामोदर भुसाल, प्रदेश उपाध्यक्ष खेमेन्द्र राना, प्रदेश सचिव लालहरी पाण्डे, रुपन्देही अध्यक्ष लेखनाथ पौडेल, वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा, उपाध्यक्ष एकनारायण काफ्ले, सचिव लक्ष्मण ज्ञवाली लगाएतले बोलेका थिए ।
साधारण सभा तथा अधिवेशनमा अध्यक्ष डिबि थापाको अध्यक्षको प्रतिवेदन, सचिव बिष्णु प्रसाद भुषालको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष किरण गौतमको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतीले पारित भएको थियो । प्याब्सन तिलोत्तमाका डिबि थापाको अध्यक्षता तथा सचिव बिष्णु प्रसाद भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।