logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    काठमाण्डौ सहित देशका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन


    १ असोज २०७८ , शुक्रबार

    काठमाण्डौ सहित देशका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

    काठमाडौं, १ असोज । सरकारले चाडबाडको अवसरमा आमउपभोक्तालाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका ३९ जिल्लाका ४३ स्थानमा शुक्रबारबाट सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

    सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । महँगी बढेको बेला सरकारले सहुलियत दरमा खाद्य वस्तुहरू बिक्री वितरण गर्दा आमउपभोक्तालाई केही राहत मिल्ने गरेको छ । कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु. पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु. १० छुट दिने व्यवस्था गरेको छ ।

    कम्पनीले काठमाडौं उपत्यकामा खाद्यको थापाथली, रामशाह पथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ । यस्तै, उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ ।

    कोभिडका कारण कम्पनीले गत वर्ष समेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो । खाद्य कम्पनीसँगै साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् । यो वर्ष कोभिड संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भिडभाड नहुने गरी खाद्यान्न बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.