logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    धकधई खैरेनी सडक सुचारु


    ३ असोज २०७८ , आइतबार

    धकधई खैरेनी सडक सुचारु

    पशुपती यादव
    धकधई, ३ असोज । भदौ दोस्रो साताबाट शुरु भएको अबिरल बर्षाका कारण महेन्द्र राजमार्गको घोडहा पुल भासिएपछि धेरैजसो ठुलो मालवाहक ट्रकहरुले खैरेनी धकधई जोडने मोटर बाटो प्रयोग गर्दा समस्या श्रृजना भएको छ ।


    मालवाहक ट्रकहरु आवत जावत गर्न शुरु गरेपछि यो बाटो फत्किएको हो । ओमसतिया वार्ड नम्बर – ५ दिपनगर दरखसवा र नरेनापुर क्षेत्रमा बाटो भासिएर केहि दिनदेखि बन्द बाटो आईतबारबाट खुलेको छ ।

    बाटो भासिएपछि स्थायिनहरु, मोटर साईकल र साईकल समेत चल्न नसकेको स्थानिय इन्द्रजित यादवले बताए । एक हप्ता बाटो भासिएर बन्द भएपछि ओमसतिया गाउँपालिका प्रमुख हिरा केवटको बन्द बाटो खुलेको हो ।

    बाटो बन्द भएपछि विभिन्न सामाजिक सञ्जाल व्यापक विरोध भएको थियो । सामाजिक सञ्जालकर्ताले भासिएको बाटो, फसेका ठुला मालवाहक ट्रकहरुको तस्विरहरु सार्वजनिक गर्दा समेत कसैले ध्यान नदिएपछि गाउँपालिकाले पहल बाटो निर्माण भएको थियो ।

    जिल्ला सडक डिभिजन कार्यालयको जिम्मा रहेको यो बाटो मर्मतमा सडक डिभिजन कार्यालयले वास्ता नगरेपछि स्थानिय सरकारको लगानी गरि मर्मत तथा बन्द बाटो खुलाइएको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.