भैरहवा, ३ असोज । संविधान दिवसको अवसरमा भैरहवाका रोट्रयाक्ट क्लबहरुले दिप प्रज्वलन गरेका छन् । संविधान सभाबाट ‘नेपालको संविधान-२०७२’ जारी भएर ६ वर्ष पुरा भएको उपलक्ष्यमा भैरहवाका रोट्रयाक्ट क्लबहरुले संयुक्त रुपमा आइतबार साँझ बुद्ध चोकमा दिप प्रज्वलन गरेका हुन् ।
रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ बुद्ध ल्याण्डले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै संविधान कार्यान्वयनको माग गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा बोल्दै रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष लक्ष्मण रेग्मी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विनिता पोखरेल, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डका अध्यक्ष दिक्षा सुनार लगायतले सरकारले असन्तुष्ट पक्षहरुसँग छलफल गर्दै संविधान पूर्ण रुपमा कार्यान्वयन गरेर देशलाई समृद्दीको बाटो तर्फ अघि बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।

हजारौ नेपालीहरुको बलिदानपछि सशस्त्र संघर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधान सभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलो पटक संविधान जारी भएको स्मरण गर्दै खुशीयाली साटासाट गर्न संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा जोन १८ का जोनल रोट्रयाक्ट रिप्रेजेनटेटिभ बाबुराम खनाल (अतित), डि.आर.आर इन्भोए प्रकाश शर्मा, उपेन्द्र यादव लगायत सयौँ रोट्रयाक्टरहरुको सहभागिता रहेको थियो ।