logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    ‘प्रदेशका बालबालिकालाई खोपयुक्त बनाउने प्रतिबद्धता पूरा गर्छौं’–मुख्यमन्त्री केसी


    ५ असोज २०७८ , मंगलबार

    ‘प्रदेशका बालबालिकालाई खोपयुक्त बनाउने प्रतिबद्धता पूरा गर्छौं’–मुख्यमन्त्री केसी

    भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजका बालबालिका भविष्यका कर्णधार भएको बताउँदै लुम्बिनी प्रदेशभित्रका सम्पूर्ण बालबालिकालाई कोरोनाको खोप प्रदान गरी बालबालिकालाई खोपयुक्त प्रदेश बनाउन सरकार लागि परेको बताएका छन् ।

    उनले संविधानले जनताको पहिलो अधिकारका रुपमा स्वास्थ्यलाई परिभाषित गरेको बताँदै भौतिक विकासका कामलाई रोकेर भए पनि प्रदेशभरीका बालबालिकाहरुलाई प्रदेश सरकारले गौरवको आयोजनामा राखेर भएपनि खोपको सुनिश्चता गर्नुपर्ने बताए ।

    यस्तो विचार मुख्यमन्त्री कुलप्रसाद केसीले समाजसेवी एवं राजनीतिक प्रतिमाचन्द्र बोहरा फाउण्डेशन भैरहवाले लुम्बिनी प्रदेशलाई कोराना महामारीको विरुद्धमा लड्नका लागि स्वास्थ्य सामाग्री हस्तातरण कार्यक्रममा बताए । फाउण्डेशनले करिव २ करोड बराबरको स्वास्थ्य सामग्री प्रदेश सरकारलाई प्रदान गरेको हो ।

    प्रजातन्त्रिक आन्दोलका एक धरोहर समाजसेवी एवं राजनीतिक प्रतिमाचन्द्र बोहराले सामाजिक र राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई महत्पूर्ण रहेको बताउँदै अझै उहाँको मृत्यु पछि पनि त्यस प्रकारको योगदान आवश्यक रहेको बताए । उनले फाउण्डेशनबाट लुम्बिनी प्रदेशलाई सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै प्रदेश सरकार साक्षात्कार गर्न आवश्यक रहेको बताए ।

    मुख्यमन्त्री केसीले प्रदेश सरकारले फाउण्डेशनसँग हातेमालो गर्दैै सहकार्य गर्न तयार रहेको बताउँदै आगामी दिनमा पनि सहकार्य आवश्यक सहयोग गरि दिनका लागि आग्रह गरे । उनले जनताको पहिलो अधिकार स्वास्थ्यलाई प्रत्याभुति गराउनको लागि क्यान्सर पीडित, मुटुको भल्ब फेर्ने र क्यान्सर पीडितहरुलाई सरकारले रु २ लाख दिने घोषणालाई अब छिट्टै कार्यन्वयनयमा लिइने बताउँदै प्रदेशमा एउटा नमुना क्यान्सर अस्पताल निर्माणको लागि प्रदेश सरकार लागि रहेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए ।

    कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रतिमानचन्द्र फाउण्डेशनका अध्यक्ष दिपक बोहराले समाज सेवा नै फाउण्डेशनको मुख्य अपेक्षा भएको बताउँदै त्यसै अनुसार काम गर्दै अगाडि बढेको बताउनुभयो । उनले भने “मेरो बाबाले देखाएको समाज सेवाको वाटोमा हामी सधै लाग्ने छौँ, गरिब दुखीहरुको सेवा गर्नेछौ । त्यसरी अगाडि बढेर प्रदेश सरकारकालाई सहयोग गर्नेछौ ।”

    स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रदेश सरकारले नयाँ गतिका साथ कायम गरी रहेको बताउँदै त्यसलाई अझै गति प्रदान गर्नका लागि कर्मचारी क्षेत्र पनि लागेको बताउनुभयो । प्रदेशको समस्याहरुमा अझै सहकार्य गरी अगाडि बढ्नका लागि समेत पहल जारी राख्ने बताए ।

    फाउण्डेशनले माक्स १४ हजार, के ९५ माक्स ३ हजार, डिजिटल थर्ममिटर ३२ थान, फेसियल ३ हजार १ सय ५०, पी.पी.इ सेट मिडियम १ सय २० थान, पीपि इ सेट ठूलो ४ सय ६० सेट, ग्लोव १ लाख ६६ के एन ९५ प्रोएक्टीभ माक्स १५ हजार ४ सय लगायतको सामाग्री हस्तातरण गरेको थियो ।  

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.