
भैरहवा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले रुपन्देहीका स्थानीय तहहरुमा विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । महिलाकाे हक हित र अधिकारकाे निम्ति वर्षौदेखि संघर्ष गर्दै आएकाे संगठनले केन्द्रकाे १२ बुँदे माग सहित रुपन्देहीका सबै स्थानीय तहहरुमा महिलाहरुकाे अवस्थाबारे वस्तुगत अवस्था बुझि महिला हक अधिकार र सुरक्षाकाे विषय लगायत विभिन्न माग सहित सरकारलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।
नेपाली जनताकाे लामा संघर्ष जनयुद्ध र जनआन्दोलन पश्चात् नेपाली जनताले आफ्नै जनप्रतिनिधिद्धारा राज्यको पुर्नसंरचना सहितकाे संघिय गणतन्त्र धर्म निरपेक्षता समानुपातिक समावेश सहभागिताकाे विशेषता सहितकाे संविधान जारि गरेकाे छ । जहाँ महिलाहरुकाे लागि प्रस्तावना देखि नै सामन्ती राज्य व्यवस्थाकाे अन्त्य गर्ने संकल्प गर्दै माैलिक हक अन्तर्गत महिला हक, समानताको हक, सामाजिक न्यायकाे हक तथा आमाकाे नामबाट नागरिकता पाउने लगायतका हकलाई व्यवहारमा लागु गर्नु सबैकाे दायित्व र कर्तव्य हाे ।
अनेमसंघको मागहरु :
विभिन्न सार्वजनिक स्थलहरु जस्तै अस्पताल, शिक्षण संस्थाहरु भएकाे क्षेत्रमा ध्रम्रपान, मद्यपान र जुवातास निशेषित क्षेत्र घाेषणा । माध्यमिक तहसम्म किशोरी मैत्रि वातावरण बनाउने किशोरीहरुलाई आराम कक्ष, व्यवस्थित शौचालय र सेनेटरि प्याडकाे व्यवस्था गरियाेस् । सबै पालिका भित्रका माध्यमिक बिद्यालयहरुमा एक जना स्टाफ नर्सकाे व्यवस्था हाेस् । आमाकाे नामबाट नागरिकता पाउने र छाेरा सरह छाेरीले पनि पैत्रिक सम्पत्ति समान अधिकारकाे व्यवस्था गरियाेसा । लैङ्गकि उत्तरदायी सम्बन्धि १० प्रतिशत बजेट व्यवस्था गरि सीपमुलक तालिमहरुकाे व्यवस्था गरियाेस् । महिला हिंसा मुक्त पालिका घाेषणा गरियाेसा । प्रत्येक स्थानीय तहमा सेफ हाउसकाे व्यवस्था हाेस् । गर्भवती महिलालाई नि:शुल्क अस्पताल सहित सुत्केरी हुने वातावरण व्यवस्था हुनुपर्ने । हिंसा पिडित महिलालाई न्यायिक समितद्वारा तत्काल न्याय दिने र छाेरी जन्मेपछि नि:शुल्क बैंक खाता र छाेरीकाे लागि माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षा काे व्यवस्था गरियाेस् ।
उल्लेखित मागहरु सहित देशव्यापी रुपमा गरिएकाे याे कार्यक्रम ४ महिने “संविधान प्रदत्त महिला अधिकार कार्यान्वयन हाम्रो अभियान, एकताबद्ध महिला संगठन, सुदृढ, बिस्तार र महिला जागरण” अर्थात् (बिज) अभियान (समाजबादको बिज रोप्ने) सञ्चालन गर्ने योजना सहित
रुपन्देहीमा पनि सबै स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएकाे अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देही ईन्चार्ज रिज्जु श्रेष्ठले बताइन् ।