भैरहवा । रुपन्देहीका स्वर्गीय पत्रकार बिन्दु कुमार चौहानको परिवारलाई नेपाल पत्रकार महासंघ रुपन्देहीले ५० हजार आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले २५ हजार र जिल्ला शाखा रुपन्देहीले २५ हजार गरि चौहानको परिवारलाई ५० हजार सहयोग गरेको हो ।
महासंघ रुपन्देहीको टोलिले बुधबार उनको निवास लुम्बिनी सांस्कृतिक नगरपालिका-११ मोगलहा चोकमा पुगेर आर्थिक सहयोग गरेको हो । पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य समेत रहेका चौहानको केही दिन अघि उपचारको क्रममा भैरहवाको मेडिकल कलेजमा निधन भएको थियाे ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेखरेलकाे नेतृत्वमा पुगेकाे टोलीमा उपाध्यक्ष विश्वास ढकाल, कार्यसमिति सदस्यहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।