भैरहवा । नेकपा (माओवादी केन्द्र) निकट प्रेस संंगठन नेपाल गुल्मीको अध्यक्षमा तिलाचन पाण्डे सर्वसम्मत चयन भएका छन् । संगठनको मंगलबार सम्पन्न तेस्रो जिल्ला सम्मेलनबाट पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
संगठनको २७ सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा प्रकाश चालिसे, सचिवमा हुमाकान्त पोखरेल, सह-सचिवमा महेश बोहोरा, प्रतिक्षा सुनार तथा कोषाध्यक्षमा खुमानन्द फुल्देल चयन भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक विर बहादुर कार्कीले समाजमा भएका विकृति, विसंगती, भ्रष्ट्राचार एवम् अन्यायको विरुद्धमा प्रेस संगठन निकट पत्रकारहरुले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे ।
त्यस्तै प्रेस संगठनका लुम्बिनी प्रदेश संयोजक एवम् मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले लुम्बिनी प्रदेश सरकारले सञ्चारकर्मीका पक्षमा ल्याएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा संगठनका प्रदेश संयोजक विकलाई मुख्यमन्त्रीका प्रेस सल्लाहकार भएकोमा, केन्द्रिय सदस्य प्रेम सुनारलाई निरन्तर खोज पत्रकारितामा क्रियाशिल भए बापत र संगठनका प्रदेश सदस्य घनश्याम खरेललाई अनेरास्ववियू क्रान्तिकारी लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित भएकोमा सम्मान समेत गरिएको थियो ।
नवनिर्वाचित प्रेस संगठनका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पत्रकारको पेशागत हकहित र व्यावसायिक पत्रकारिताको विकासमा सबै डटेर लाने प्रतिवद्धता जनाएका थिए ।