logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जेष्ठ नागरिक दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


    १७ असोज २०७८ , आइतबार

    जेष्ठ नागरिक दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    दिपक कलवार
    लुम्बिनी । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस तथा अन्तरक्रिया कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिकाको भवनमा सम्पन्न भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा “सबै उमेर समुहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता” भन्ने नाराका साथ ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी सांस्कृतिक नगरपालिकाका अध्यक्ष मनमोहन चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै जेष्ठ नागरिकले प्राप्त गरेको परिचय पत्रको आधारमा बस भाडा छुट नभएको गुनासो पछि अध्यक्षले सम्बन्धित पक्षसंग समन्वय गरि समाधान गर्ने र एम्बुलेन्स सेवा संचालनको लागि एम्बुलेन्स खरिद गरि सकेको र छिट्टै एम्बुलेन्स सेवा संचालनमा ल्याउने उनले बताए । उनले यस नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा चिनाउने बताएका थिए ।

    त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष जानकी देवी श्रीवास्तव, शिक्षक शाखाका लक्ष्मी पराजुली स्वास्थ्य शाखाका ध्रुवराज घिमिरे, लेखा अधिकृत रामचन्द्र अर्याल, प्रशासन प्रमुख अशोक पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
    भगवती प्रसादको अध्यक्षता तथा अशोक गोश्वामीको संचालन र ध्रूपराज घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.