logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    भैरहवा भाटभटेनीमा छापा


    १७ असोज २०७८ , आइतबार

    भैरहवा भाटभटेनीमा छापा

    जितेन्द्र चौधरी
    भैरहवा । जिल्ला बजार अनुगमन समिति रुपन्देहीले छापा मार्दा भैरहवाको भाटभटेनी सुपरमार्केटमा लेबल अपूर्ण भएको खाद्यवस्तु भेटाएको छ ।
    बजार अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा विभिन्न खाद्यान्नका प्याकेटहरुमा लेबल अपूर्ण भएको भेटाउनुका साथै अखाद्य रंग मिसाइएका खानेकुराहरु भेटाएको जिल्ला प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले बताए ।
    जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य कार्यालय र पत्रकारहरुको उपस्थितिमा त्यहाँ अनुगमन गरिएको हो ।

    बजार अनुगमनमा तीव्रता :
    चाडपर्व नजिकिँदै गर्दा रुपन्देही अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिइएको छ । चाडपर्वको समयमा व्यापारीहरुले उपभोक्ता ठग्ने र कालो बजारी हुने गरेको उपभोक्ताले गुनासो गरेपछि जिल्ला बजार अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिइएको बजार अनुगमनका संयोजक टेकराज भट्टराईले जानकारी दिए ।

    अनुगमन समितिले विहीबार भैरहवा बजार क्षेत्रका खाद्यान्न स्टोर्स तथा मदिरा पसलहरुमा प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भए नभएको विषयमा अनुगमन गरेको उनले बताए ।

    अनुगमनको क्रममा हिमाली पथ स्थित थापा कोल्ड स्टोर्स र बर्मेलीटोल स्थित युवराज कोल्ड एण्ड मदिरा स्टोर्समा भेटिएका लेबल नभएका, अखाद्य रंग मिसिएका र म्याद गुज्रिएको अखाद्य वस्तु तथा पेय पदार्थ नियन्त्रणमा लिई नष्ट गरेका थियौं, अनुगमन संयोजक भट्टराईले भने ।

    लेबल नभएको खाद्य वस्तु प्याकिङ गरी बेचबिखन गर्नेलाई अनुमति लिएर मात्र बेचबिखन गर्न र पूर्ण लेबल राखेर मात्र विक्री वितरण गर्न निर्देशन गरिएको अनुगमन समितिले जानकारी दिएको छ ।

    नियमित अनुगमनको खाँचो :
    भैरहवाका स्थानीय ग्राहक तथा उपभोक्ताहरुले नियमित बजार अनुगमनको खाँचो रहेको बताएका छन् । दसैं तिहारको मुखमा आएर सुरु हुने बजार अनुगमनको नाटकले कालोबजारी, मिसावट जस्ता उपभोक्ता ठग्ने दीर्घकालीन समस्याहरुको समाधान नहुने बताउँछन् । दसैँसंगै सुरु हुने बजार अनुगमनको नाटक तिहारको अन्त्यसंगै विसर्जन हुन्छ, यो केवल सस्तो प्रचारबाजीका लागि गरिने नाटक हो। एक स्थानीयले भने ।

    एउटै चीजको मूल्य पसलैपिच्छे अलग अलग हुन्छ । कुनै पनि पसलमा मूल्यसूची राखिएको हुँदैन । म्याद गुज्रेका खाद्यान्न विक्री वितरण गरेको प्रशस्त भेटिन्छन् । प्रशासन भने वर्षमा एकपल्ट बजार अनुगमनको हल्ला फिँजाएर आम उपभोक्तालाई मुर्ख बनाइरहेको छ हरेक वर्ष, उनले भने ।

    उता आधिकारिक निकायहरु भने जबसम्म उपभोक्ता स्वयम् सचेत हुँदैनन् तबसम्म बजार अनुगमनले मात्र केही नहुने बताउँछन् । अन्ततः आम नागरिकको जीवन रक्षा गर्ने दायित्व राज्य सरकारकै हो । सरकार तथा सम्बन्धित निकायले केही क्षणिकको सस्तो प्रचारबाजीको लागि मात्र नभएर नियमित बजार अनुगमनतर्फ ध्यान केन्द्रित गर्न नितान्त जरुरी छ । साथै उपभोक्ताको जीवन माथि खेलवाड गर्ने त्यस्ता व्यवसायी र व्यापारी उपर कालोबजारी तथा उपभोक्ता संरक्षण ऐन अन्तर्गत ठूलो दण्ड–सजाय हुन आवश्यक छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.