logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    तस्करी नियन्त्रणमा रुपन्देही प्रहरीको सकृयता


    १७ असोज २०७८ , आइतबार

    तस्करी नियन्त्रणमा रुपन्देही प्रहरीको सकृयता

    लुम्बिनीखबर
    भैरहवा । चाडपर्वको आगमनसँगै रुपन्देहीमा तस्करी बढ्दो हुने गरेको छ । तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रकारका सुरक्षा रणनीति अपनाएको देखिन्छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको प्रहरीको दाबी रहेको छ । त्यसपछि प्रहरीले तस्करी समान स्टोर गरेर राखेका गोदामहरुमा समेत छापा हान्ने काम गरेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।

    तस्करी नियन्त्रणका लागि प्रहरीले निरन्तर रुपमा तस्करी गर्ने पुराना तस्करहरुको निगरानी गर्ने र तस्कर गरेको सूचना आउन साथ नियन्त्रण गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज के.सी.ले जानकारी दिनुभयो । प्रमुख प्रहरी उपरीक्षक के.सी. ले भन्नुभयो, चाडपर्वको समयमा हुने पेशेवर तस्करहरुलाई निरुत्साहित गर्नका लागि नियन्त्रण भएको तस्करी सामान, तस्करमा प्रयोग भएका ढुवानीको साधन र तस्करमा संलग्न मानिसलाई समेत सख्त कारवाही गर्ने गरिएको छ ।

    जिल्लाका सीमा क्षेत्रमा अहिले दैनिक सरदर रु. १० लाख मूल्य बराबरको तस्करी सामान नियन्त्रण हुने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय सुरक्षाकर्मीसँगको सहकार्यमा तस्कर नियन्त्रणलाई न्युनीकरण गरिएको जनाएको छ ।

    सीमाक्षेत्रका प्रहरी चौकीहरुलाई विशेष गरेर रातको समयमा उच्च सतर्कतामा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव निरीक्षक सत्य नारायण थापाले बताउनुभयो । थापा भन्नुहुन्छ, ‘हामी तस्करी हुने मुहानदेखि गोदामसम्म निगरानी बढाएका छौं । जसका कारण तस्करहरु अहिले आत्तिएको अवस्था हो ।’

    रुपन्देहीमा विशेष गरेर भारतीय बजारबाट भन्सार छलेर कपडा, सुर्ती, जुत्ता चप्पल, छालाका सामानहरु, खाद्यान्न, किरानाका सामानहरु, हार्डवेयरका सामानहरु, मोटर पार्टस, मेसिनेरी समानहरु अवैधरुपमा आउने गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । रुपन्देहीका सीमाक्षेत्रबाट अवैैधरुपमा हुने तस्करी सामानहरु नेपालका अन्य जिल्लाहरुसम्म पुग्ने गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.