logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    खुकुरी प्रहारबाट रुपन्देहीमा एक जनाको हत्या


    १८ असोज २०७८ , सोमबार

    खुकुरी प्रहारबाट रुपन्देहीमा एक जनाको हत्या

    भैरहवा । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । रुपन्देहीको शुद्धोधन–३ बेतानीमा गएराति प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता-३ का अवधेश चमारको खुकुरी प्रहारबाट हत्या भएको हो ।

    सोही उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी चमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    मादक पदार्थ सेवन गरेका मजदुरहरु बिच विवाद भएका कारण खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । रविले अवधेशलाई खुकुरी प्रहार गरेपछि उनका बाबु गोपिचन्दलाई समेत प्रहार गरेका थिए ।

    खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवधेशको बाटोमै मृत्यु भएको र उनका बाबु र खुकुरी प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.