logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    मायादेवी च्यारिटेवल फाउण्डेशनले प्रदेश स्तरीय ‘कोभिड वरियर अवार्ड’ प्रदान गर्ने


    १८ असोज २०७८ , सोमबार

    मायादेवी च्यारिटेवल फाउण्डेशनले प्रदेश स्तरीय ‘कोभिड वरियर अवार्ड’ प्रदान गर्ने

    भैरहवा । मायादेवी च्यारिटेवल फाउण्डेशनले लुम्बिनी प्रदेश स्तरीय कोभिड वरियर अवार्ड प्रदान गर्ने भएको छ । कोरोना महामारीको विषम परिस्थितिमा आफ्नो पेशा भन्दा माथि उठि उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई अवार्ड प्रदान गरिने फाउण्डेशनका संस्थापक रवि कुमार रौनियारले बताए ।

    कोभिडको समयमा उत्कृष्ट काम गर्ने सरसफाईकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सामाजिक अभियन्ता, स्वतन्त्र व्यक्ति र सामाजिक संघ संस्थाहरुलाई अवार्ड प्रदान गरिने उनले जानकारी दिए ।

    सोमबार लुम्बिनी प्रेस क्लब भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाबाट १ जना प्रतिनिधित्व हुने गरि कम्तिमा १२ देखि ३६ जनालाई अवार्ड प्रदान गरिने जानकारी दिए । हामीले ‘लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड महामारीको जोखिम परिस्थितिमा पनि उत्कृष्ट काम गर्ने बढीमा ३ जनाको नाम सिफारिस गर्न भनेका छौ र यसरी सिफारिस भई नाम आएका व्यक्तिहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख अतिथ्यतामा असोज २३ गते हुने प्रदेश स्तरीय कोभिड वरियर अवार्ड कार्यक्रमका बीच सम्मान गरिनेछ’ उनले भने ।

    सोहि अवार्ड कार्यक्रमकै बीच भैरहवा आसपास क्षेत्रमा रहेका केहि अतिविपन्न परिवारहरुलाई चिन्तित गरेर आर्थिक सहयोग गरिने रौनियारले बताए । कोरोना महामारीबाट सर्वसाधारणको जीवन रक्षाको लागि आफ्नो ज्यानलाई जोखिममा राखेर कोभिडको विषम परिस्थतिलाई पार गरि सहज अवस्थामा ल्याउन महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुको सम्मानका लागि उक्त अवार्ड कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ।

    साथै कोभिड महामारीको पहिलो लहर सुरु भएसंगै रोकिएको अन्नपूर्ण भोजनालय कार्यक्रम दशैं लगत्तै पुन: स्टल नै राखेर २५ रुपैंयामा पेटभरी (अन्नपूर्ण भोजनालय) खाना कार्यक्रम सुचारु गरिने उनले बताए । भोजनालय कार्यक्रम सुरु गर्दा सुरुमा साप्ताहिक रुपमा गर्छौ र पछि फ़ाउण्डेशनको योजना अनुरुप हप्तामा २ पटक गर्छौ, उनले भने ।

    त्यस्तै लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले कार्यक्रममा बोल्दै पछिल्लो समय ‘कोभिड हिरो’ तथा ‘कोभिड वरियर’ को नाममा अवार्ड प्रदान गर्ने होडबाजी चलेको बताउदै फाउण्डेशनले वास्तविक र सिमित व्यक्तिलाई अवार्ड प्रदान गर्नु पर्ने सुझाए । उनले कोभिड महामारीको विषम परिस्थितिमा आफ्नो ज्यान जोखिममा राखी मानवीय सेवामा खटिएको वास्तविक व्यक्तिलाई अवार्ड प्रदान गरियो भने मात्रै त्यस अवार्डको सहि अर्थ हुन्छ, उनले भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.