भैरहवा । भैरहवास्थित रुपन्देही क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
स्नातक दोश्रो वर्षका विद्यार्थीहरुको आयोजनामा प्रथम वर्षमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं प्राध्यापक मोतिलाल सुवेदीले क्याम्पसको शैक्षिक गुणस्तरका लागि क्याम्पसले हरेक प्रकारका कार्यक्रमहरु सञ्चालन गरिरहेको बेला यस प्रकारको विद्यार्थीहरुको सक्रियताले क्याम्पसको उचाईमा इटा थप्ने काम गरेको बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् एडुकन लर्निङ सेन्टरका प्रमुख कार्यकारी अधिकारी नबिन खनालले
विद्यार्थीहरुकैे कडा मिहिनेत र लगनशीलताले नै क्याम्पसको उचाई यहासम्म पुगेकाले नवआगन्तुक विद्यार्थीहरु पनि सो पथमा लम्कि क्याम्पसको गरिमा कायम राख्न सफल हुने विश्वास र शुभकामना व्यक्त गरेका थिए ।
नवआगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिंदै प्राध्यापक गणेश क्षेत्रीले अहिलेको शैक्षिक प्रतिस्पर्धाको युगमा क्याम्पसको शैक्षिक गुणस्तर बढाउन विद्यार्थीहरु सक्रिय हुनुपर्ने बताए ।
स्नातक दोश्रो वर्षका विद्यार्थी सुशीला पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनिष खत्री र सरिता गौतमले गरेका थिए ।
सुनिल सुनारको सञ्चालनमा रहेको कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै स्वागत गरिएको थियो ।