logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    पूर्ण ब्रम्ह कबीर उपासक समाज नेपाल- नवलपरासीले बुझायो जिल्ला प्रशासनमा ज्ञापनपत्र


    १९ असोज २०७८ , मंगलबार

    पूर्ण ब्रम्ह कबीर उपासक समाज नेपाल- नवलपरासीले बुझायो जिल्ला प्रशासनमा ज्ञापनपत्र

    पशुपति यादव
    परासी, १९ असोज । जगत गुरु तत्वदर्शी संतरामपाल महाराजका उपासक अनुयायीहरुले विभिन्न माग राख्दै नवलपरासी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम अन्तर्गत जगत गुरु तत्वदर्शी संत रामपाल महाराजका उपासक अनुयायीहरुले शान्ति र्याली र विभिन्न नारा सहित माग राख्दै जिल्ला प्रशासन कार्यलय बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ज्ञापनपत्र बुझाएका हुन् ।

    नशा मुक्त र कुरिती रहितको समाज, सामाजिक सद्भाव, भष्ट्राचारमुक्त मुलुक, राष्ट्रियता र स्वच्छ समाज निर्माणको नारा लगाउँदै बाक्लो उपस्तिथिमा संतराम महाराजका उपासकहरु मन्झरिया चोक हुँदै जिल्ला प्रशासन कार्यालय नवलपरासी पुगेका थिए ।

    ज्ञापनपत्रमा धर्मिक पर्वको नाममा हुने पशुबली प्रथालाई रोक्न जिल्ला प्रशासन कार्यलय बर्दघाट सुस्ता-पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई पुर्ण ब्रह्म कबीर उपासक समाज नेपाल नवलपरासीका संयोजक शर्मा प्रसाद दासले जानकारी दिए ।

    दाइजो प्रथा दण्डनिय सामाजिक अपराध हो र यसको न्युनिकरणका लागि संबन्धित निकायले छानबिनको दायरा फराकिलो बनाउँनु पर्ने माग राख्दै कार्यक्रममा १२ सय बढी अनुयायीहरुको सहभागीता रहेको थियो ।

    सोहि कार्यक्रमका बीच रक्तदान कार्यक्रम पनि गरिएको थियो जसमा सहभागी २० बढी अनुयायीहरुले रक्तदान गरेका थिए । साथै निःशुल्क प्राथमिक उपचार कार्यक्रम र निःशुल्क किताब वितरण समेत गरिएको थियो ।

    कार्यक्रममा उप-संयोजक राम बिनोद दास, क्षेत्रगत संयोजक प्रशुराम दास, अनिल प्रसाद दास, रामवृक्ष दास, कैलास दास, कैलास दास, केवल प्रसाद दास, अल्गु प्रसाद दास, छन्नु प्रसाद दास, रामानन्द दास, बिष्णु प्रसाद दास, दुर्गा प्रसाद दास लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.