logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कञ्चन गाउँपालिकामा राष्ट्रिय परिचयपत्र कार्यक्रमको शुभारम्भ


    १९ असोज २०७८ , मंगलबार

    कञ्चन गाउँपालिकामा राष्ट्रिय परिचयपत्र कार्यक्रमको शुभारम्भ

    दीपक जैसवाल
    लुम्बिनी । रुपन्देहीको कञ्चन गाउँपालिकामा राष्ट्रिय परिचयपत्र कार्यक्रम गाउँपालिका उपाध्यक्षद्वारा उद्घाटन भई शुुरु भएको छ । वडा नं १ देखि ५ सम्म राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने, आवेदन फारम भर्ने, रुजु गर्ने, हस्ताक्षर लिने, हातको फिङ्गर, आँखाको लेन्स लिने काम गाउँपालिका उपाध्यक्ष गोमा तरामु मगरद्वारा उद्घाटन भई शुरु भएको हो ।

    राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकताको प्रमाणपत्र, बाहिरी जिल्लामा नागरिकता बनेको भए बसाइँसराइको प्रमाणपत्र, जन्ममिति नखुलेको नागरिकताको हकमा जन्ममिति खुलेको प्रमाण, बिवाहित महिला जसको माइतबाट नागरिकता बनेको हकमा बिवाह दर्ता इत्यादि कागजातहरु संलग्न गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

    साथै १५ दिनसम्म सञ्चालन हुने राष्ट्रिय परिचयपत्र कार्यक्रममा बौद्धिक समाज, राजनैतिक दल, युवा क्लब, आमा समुह, टोल विकास संस्था लगायत संघसंस्थाहरुलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न गाउँपालिकाले कञ्चन बासीलाई अनुरोध समेत गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.