logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    दशैँमा थप उल्लास थप्यो नापी कार्यालय


    २६ असोज २०७८ , मंगलबार

    दशैँमा थप उल्लास थप्यो नापी कार्यालय


    दीपक जैसवाल
    सुर्यपुरा । गैडहवाका बासीहरु हर्षोल्लासका साथ दशैं मनाउँदै गर्दा नापी कार्यालय रुपन्देहीले एउटा थप उल्लास थपेको छ । नापी कार्यालय रुपन्देहीले गैडहवा गाउँपालिका वडा नम्बर ६ मा लालपूर्जा विहिन जनताहरुलाई लालपूर्जा वितरण गरेर त्यहाँका जनतामा थप खुसी थपेको हो ।

    सोमबार एक कार्यक्रमका बीच नापी कार्यालय रुपन्देहीले गैडहवा गाउँपालिका वडा नम्बर ६ का पूर्जाविहिन ४१५ जनालाई गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरेको छ ।

    नापी कार्यालय रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिका वडा नं ६ को समन्वयमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत अजित कुँवर, वडा नं ६ का वडाअध्यक्ष राम बेलास यादव, पुर्वाधार विकास समितिका अध्यक्ष राम प्रसाद रेग्मी, नापी टोली प्रमुख यम प्रसाद पाण्डे, सहायक नापी टोलि मनोज चौधरी लगायत विभिन्न जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन वडा सचिवले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.