logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर एक युवाको मृत्यु


    ३१ असोज २०७८ , आइतबार

    दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर एक युवाको मृत्यु


    भैरहवा । दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । रुपन्देहीको दानव नदी र तिनाउ नदीको संगमस्थल कोटहीमाई गाउँपालिका–५ स्थित दुईमोहानमा कोटहीमाई-४ कदमहवाका अन्जादी १९ वर्षीय अनिल चौधरीको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

    दुर्गा मूर्ति बिसर्जनका क्रममा मृत्यु भएका चौधरीको खोजतलास पश्चाप्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    शुक्रबारदेखि नै मूर्ति बिर्सजन गर्न नदीमा आएका स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले बताए । ‘शनिबार दिउँसो साढे २ बजे मूर्ति बिसर्जन गर्न आएकामध्ये युवाहरुमध्ये केही युवाहरु पानीमा पसेर पौडी खेल्न थाले, पौडी खेल्ने क्रममा एक जना युवा डुबेर वेपत्ता भएका थिए, ’उनले भने ।

    सशस्त्र प्रहरी बल मझगावाँका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतले नदीमा डुबेका युवा वेपत्ता भएपछि उनकने खोजी कार्य सुरु गरिएको बताए । शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
    गत वर्ष पनि सोही स्थानमा मुर्ति विसर्जन गर्न गएका सम्मरीमाई–६ महदेहियाका मुकेश चौधरीको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । नदीमा डुबेर वेपत्ता भएका चौधरीको शव २० घण्टापछि फेला परेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.