logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    ६० जनाको निशुल्क आँखा अपरेसन


    १४ कार्तिक २०७८ , आइतबार

    ६० जनाको निशुल्क आँखा अपरेसन

    भैरहवा । जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ३ हाटी फर्साटिकरमा संचालित आँखा शिविरमा ६० जनाको निःशुल्क आँखा अपरेसन भएको छ । ओमसतिया सांस्कृतिक युवा क्लबको आयोजना तथा नेपाल नेत्र ज्योति संघ बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहिबार भएको शिविरबाट छानिएका मोतियाबिन्दु भएका उनीहरुको निःशुल्क अपरेसन भएको हो ।

    शिविरमा जिल्लाको ओमसतिया, रोहिणी, तिलोत्तमा, सियारी, मायादेवी, देवदह र नवलपरासी लगायतबाट २ सय बढीले निशुल्क आँखा परिक्षण गराएका थिए । उक्त शिविरमा बुटवल लायन्स आँखा अस्पतालका मनोहर न्यौपाने, ओमप्रसाद आरक, सुरेश चौधरी, श्यामकला पौडेल र गंगा बहादुर बुढा लगायतको टोलीले आँखा परीक्षण गरेका थिए र मोतियाबिन्दु भएका बिरामीहरुलाई अस्पतालको आफ्नै साधनमा आँखाको अपरेशन गर्न बुटवल लागिएको क्लबका अध्यक्ष निलम कुमारी चौधरीले जानकारी दिईन् ।

    शिविरको समुद्घाटन सत्रलाई सम्बोधन गर्दै ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल) ले क्लबले गरेका हरेक कार्यहरु प्रशंसायोग्य रहेको बताए । उनले ग्रामिण क्षेत्रमा अझै पनि आँखा सम्बन्धि रोगहरुको बारेका प्रयाप्त जानकारी नहुँदा र कतिपय आर्थिक समस्याले पनि आँखाका रोग तथा मोतियाबिन्दुको उपचार गराउन नसकि रोग पालेर बस्न बाध्य रहेको बताए ।

    त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष चन्नर प्रसाद यादवले सामाजिक कार्यहरुमा क्लबले ठुलो योगदान पुर्याएको बताए । स्थानीय निकायले गर्नुपर्ने अधिकांस कार्यहरुमा क्लबले अग्रसरताका साथ हातेमालो गर्दै काम गरेको देख्दा खुशी लागेको र अन्य सामाजिक संघसंस्थाहरुले पनि बेलाबखत यस्ता कार्यहरु गर्नुपर्नेमा उनले जोड दिए । क्लबका अध्यक्ष निलम कुमारी चौधरीको अध्यक्षता र गाउँपालिका अध्यक्ष हिरा केवटको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव जितेन्द्र चौधरीले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.