logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा टिप्परको ठक्करबाट ७८ वर्षिया महिलाको ज्यान गयो


    १६ कार्तिक २०७८ , मंगलबार

    रुपन्देहीमा टिप्परको ठक्करबाट ७८ वर्षिया महिलाको ज्यान गयो

    भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगरमा टिप्परको ठक्करबाट एकजना ७८ वर्षिया महिलाको ज्यान गएको छ । आज बिहान अन्दाजी साढे ६ बजेको समयमा टिप्परको ठक्करबाट गुल्मी कालीगण्डकी गाउँपालिका घर भएर तिलोत्तमा-३ सिता राईस मिल नजिकै बस्दै आएकी प्रेमकुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शंकरनगर स्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिप्पर फरार भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्परको खोजी भईरहेको र प्रहरी अनुसन्धानमा लु २ ख २२१६ नम्बरले ठक्कर दिएको तथा चालक सहित टिप्पर फरार भएपनि टिप्पर मालिक प्रहरी सम्पर्कमा आएको ट्राफिक सञ्चारले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.