logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    तिलोत्तमा-१३ स्थित कनौजे ट्रेडर्समा आगलागी, २ करोड बढीको क्षति


    २६ कार्तिक २०७८ , शुक्रबार

    तिलोत्तमा-१३ स्थित कनौजे ट्रेडर्समा आगलागी, २ करोड बढीको क्षति


    भैरहवा । रुपन्देहीको तिलोत्तमामा रहेको फर्निचर उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १३ पथरडाँडादेखि करिब १ किलोमिटर पश्चिम मडाहामा रहेको कनौजे ट्रेडर्समा आगलागी भएको हो। फर्निचर उद्योगमा आगो लाग्दा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेका अनुसार पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्समा आगो लाग्दा उद्योग र सोरुममा रहेको सबै फर्निचर जलेर नष्ट भएको हो ।

    हिजो बेलुका ६ बजेदेखि लागेको आगो ७ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । प्रवक्ता थापाले दमकलले मात्रै आगो नियन्त्रणमा लिन नसकेपछि डोजर लगाएर भवन नै भत्काउनु परेको बताए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.