
कमल रायमाझी, सम्पादक
नेपाली समाज विविधतामा एकता भएको समाज हो । यहाँ विभिन्न जातजाती र भाषाभाषीहरुको संगम रहेको छ । विभिन्न जात जातीहरु अनुसार यहाँ आ-आफ्नो धर्म सस्कृती र रिति रिवाज परम्परागत रुपमा चलिरहेको देखिन्छ । हिन्दुहरुको धेरै जनसख्या रहेको यहाँ अन्य धर्महरु बौद्ध, इस्लाम, क्रिष्चियन र जैन धर्महरु मान्नेहरु पनि रहेका छन् । । तर नेपालमा शिख, बहाई, बोन, र प्रकृति धर्म मान्ने मानिसहरु समेत रहेको देखिन्छ । विभिन्न धर्म मान्ने नेपालीहरुमा आपसी सदभाव र एकता भने देखिन्छ । नेपालको जनगणना वि. स. २०६८ का अनुसार नेपालमा जम्मा १२५ जातजातिहरु रहेका छन् । जनमा धेरै जनसख्या भएका क्षेत्री, ब्राह्राण, मगर, थारु, तामाङ,नेवार, मुसलमान, कामी, यादव र राई हुन । वि. स. २०६८को जनगणनाले १२३ भाषा रहेको देखाउँछ । नेपाली, मैथिली, भोजपुरी, थारु, तामाङ, नेवार, मगर, डोटेली र उर्दु यहाँ बोलिने मुख्य भाषाहरु हुन । नेपालमा रहेका हिन्दु धर्ममान्नेहरुले दशै, तिहार, तिज जस्ता चाडवाडहरु मनाउने गर्दछन् भने मुस्लिमले ईद, बौद्धहरुले लोसार र बुद्ध पुर्णिमालाई मान्दछन् । क्रिष्चियनहरुले मेरी क्रिसमस मनाउने गरेको देखिन्छ । अन्य जातजातिहरुका पनि आ–आफ्ना धर्म सस्कृतिहरु मनाउने गरेको पाइन्छ । विविध जातजाती, भाषा, धर्म र संस्कृति संसारका विरलै देशमा पाइने देशहरु मध्य नेपाल एक हो । यो विविधता भएको थोरै र सानो देशलाई हिजो चारजात र छत्तिस बर्णको फुलवारीको रुपमा राजा पृथ्बीनारायण शाहले व्याख्या गरेका थिए । प्राकृतिरुपमा सुन्दर र रमणिय नेपालको सास्कृतिक र धार्मिक विविधिता महत्वपुर्ण पाटोमा रुपमा परम्परा देखि रहेको छ । यो परम्परालाई विभिन्न राजनीतिक दलले पछिल्लो चरणमा आपसमा द्धन्द तर्फ लैजाने पर्यन्त गरेको देखिन्छ । राजनीतिलाई आफ्नो व्यापार सम्झने केहि राजनीतिक दल र नेताहरुले देशलाई संसार सामु प्रतिस्पर्धा र बिकासशिलमा देशमा पुराउने पर्नेमा जाति र भाषिकरुपमा फुटको खेल गरेको देखिन्छ । नेपाललाई धार्मिकरुपमा, जातिय र क्षेत्रियताको राजनीतिले यहाँको परम्परालाई तोडदै अशान्ति फैलाउने कामहरु बिगत केहि बर्ष देखि भएका छन् । यसको अन्त्य हुन आवश्यक छ । नेपालमा आफै पनि बहुदलिय परतिस्पर्धाबाट नेतृत्व चयन हुने भएकाले जनताको मत मार्फत जनताको बहुमतले चाहेको गर्नुपर्नेमा नेताहरु आफु अनुकुल व्याख्या र आन्दोलन गर्ने गरेका छन् । संसार आज साइवर र डिजिटलको युगमा प्रवेश गरेको छ । संसार डिजिटलका कारण एक ठाउमा आईपुगेको अवस्थामा हामीले आफ्नो स्वार्थका लागि नेपाली जनतालाई आपसमा लडाउन र भिडाउन भन्दा विश्व संग प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्दछ । हामी संग सुरक्षित रहेको भाषा, धर्म, जातजातिको संरक्षण र संसार सामु अब्बल हुन सक्ने राज्य र जनशक्ति तयारका लागि अहिलेका राजतीतिकदलका नेताहर र राजनीति मोडिनु आजको आवश्यकता हो । त्यसैले नेपालमा अनेकतामा एकता भएको देश भएकाले यहाँका जनतालाई आपसमा विभिन्न जात, धर्म र क्षेत्रका विषयमा लडाउन भन्दा संसार संग प्रतिस्पर्धा गर्ने दक्षता गराउनु पर्दछ । आज संसारले गरेका प्रगती हाम्रो समाजले गर्ने प्रकारको शिक्षा, स्वास्थ्य र रोजगारलाई हामीले प्रमख विषय बनाउनु पर्दछ ।