logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    पेट्रोलियम पदार्थको मृल्यबृद्धि तत्काल फिर्ता गर भन्दै बुटवलमा चक्काजाम


    २८ कार्तिक २०७८ , आइतबार

    पेट्रोलियम पदार्थको मृल्यबृद्धि तत्काल फिर्ता गर भन्दै बुटवलमा चक्काजाम


    भैरहवा, २८ कार्तिक । पेट्रोलियम पदार्थका भएको मूल्य बृद्धिको विरोधमा अखिल क्रान्तिकारीले एक घण्टा चक्का जाम गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संघठन रुपन्देहीले बुटवलको बेलबासमा आइतबार एक घण्टा चक्काजाम गरेको हो ।

    सरकारले पेट्रोलियम पदार्थको मृल्य बृद्धि तत्काल फिर्ता नलिए सम्म आन्दोलन गरि रहने अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पारस राहदीले बताए । यस अघि नेकपा एमाले निकट अनेरास्ववियूले पनि पेट्रोलियम पदार्थमा भएको बृद्धिको विरोधमा एक घण्टा चक्का जाम गरेको थियो ।

    विप्वल नेतृत्वको नेकपा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिका विरुद्ध कात्र्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.