भैरहवा, ३० कार्तिक । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव भैरहवामा सामान्य देखिएको छ ।
बिहान सुनसान रहेको भैरहवाको सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । सार्वजनिक र मालबाहक सवारीहरू कम चले पनि निजी सवारी सडकमा गुडिरहेका छन् । सडकमा बन्दकर्ता कतै देखिएका छैनन् । तर, कुनै अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । हेर्नुहोस् फोटोहरु :



