
भैरहवा । नेकपा माओवादी केन्द्रले देशभरी वडा सम्मेलन गरेको छ । सम्मेलनबाट रुपन्देहीमा ११७ जना वडा अध्यक्ष चुनिएका छन्।
नेकपा माओवादी केन्द्रको सर्कुलर अनुसार देश ब्यापी रुपमा भएको वडा सम्मेलन अन्तर्गत रुपन्देही जिल्लाको ११७ वडामा एकै साथ वडा सम्मेलन सम्पन्न भएको हो । र विविध कारणबस सम्मेलन हुन नसकेका ३८ वडाहरुमा केहि दिनमै सम्मेलन सम्पन्न गर्ने पार्टीले जनाएको छ ।
नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक निर्मल जिसिका अनुसार बुटवल, तिलोत्तमा, सियारी, सैनामैना, शुद्धोधन, सिद्दार्थनगर, लुम्बिनी, गौडहवा, ओमसतिया, देवदह, रोहिणी लगायत उप-नगरपालिका, नगरपालिका, र गाउँपालिका गरि जिल्लाभरिका ११७ वडामा एकै साथ वडा सम्मेलन भएको हो।
जिल्ला संयोजक जिसिले नेकपा माओवादीको विधान र निति अनुसार सभ्य र भव्य रुपमा सम्मेलन सम्पन्न भएको बताउदै यसले पार्टीमा नयाँ उत्साह थपिएको बताए ।