
भैरहवा । नेकपा माओवादी केन्द्र ओमसतिया गाउँपालिका वडा नम्बर ३ मा चन्नर प्रसाद यादवको अध्यक्षतमा नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार देशैभर भएकाे वडा सम्मेलन अन्तर्गत ओमसतिया ३ को वडा सम्मेलनले यादवको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेकाे हाे ।
यादवको अध्यक्षतामा गठन भएको वडा कमिटिकाे उपाध्यक्षमा रामबचन यादव, सचिवमा मंगरु बनिया, सह-सचिवमा फुल कुमारी गौड र कोषाध्यक्षमा सन्तराम थारु निर्विरोध चयन भएका छन् ।
