logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कपिलवस्तुका पाँच पालिकामा आजदेखि हैजा विरुद्धको खोप दिइँदै


    ५ मंसिर २०७८ , आइतबार

    कपिलवस्तुका पाँच पालिकामा आजदेखि हैजा विरुद्धको खोप दिइँदै

    कपिलवस्तु । कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप दिइँदै छ । कपिलवस्तुका पाँच पालिकामा हैजा विरुद्धको कोलेरा भ्याक्सिन दिन लागिएको हो ।

    त्यसका लागि स्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तु जाँदैछ । एक महिनादेखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि हैजा विरुद्धको खोप दिन लागिएको हो ।

    कपिलवस्तुको यशोधरा गाउँपालिकामा आज देखि खोप अभियान सुरु गरिनेछ । त्यस्तै कृष्णनगर, शिवराज र महाराजगञ्ज नगरपालिका एवं विजयनगर गाउँपालिकामा पर्सिदेखि खोप दिइने छ । यो खोप मुखबाट खुवाइन्छ । यो खोपको पहिलो मात्रा खाएको १४ दिन पछि दोस्रो मात्रा खानु पर्छ ।

    खोप अभियान हैजाको प्रकोप देखिएको कपिलवस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज, शिवराज र विजयनगरका सबै वडामा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तोकिएका केन्द्रमा यो खोप नि:शुल्क पाइनेछ । एक वर्षमाथिका २ लाख ५२ हजार ३ सय ६३ नागरिकलाई यो खोप दिइनेछ ।

    यस्तै, कुपोषण भएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, गर्भवती साथै स्तनपान गराइ रहेका व्यक्ति, कोभिड १९ लागेर निको भएका व्यक्तिहरुले पनि यो खोप पाउने छन् । तर, एक वर्ष मुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएका व्यक्तिले खान मिल्दैन । बिरामी निको भए पछि भने खान मिल्छ । यदि पहिलो मात्रा खाँदा कुनै प्रतिक्रिया देखिएमा दोस्रो मात्रा खोप खुवाउनु हुँदैन ।

    खोप खाएकाहरुलाई केही सामान्य स्वास्थ्य समस्या भने देखिन सक्छ । हल्का ज्वरो आउने, पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने, चिलाउने, स–साना बिमिरा वा खटिरा आउने जस्ता लक्षण देखिने र बिस्तारै निको हुँदै जाने डाक्टरले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.