logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    गृहमन्त्री खाण मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेहरुको पक्षमा


    ६ मंसिर २०७८ , सोमबार

    गृहमन्त्री खाण मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेहरुको पक्षमा

    बुटवल । गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेहरुको पक्षमा उभिनुभएको छ । बुटवल लायन्स आँखा अस्पतालको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री खाणले खुलेरै औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतिपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आँफु रहेको बताउनुभयो ।

    रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाले मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्रको जग्गामा बसिरहेकालाई हटाउन नहुने बताउनुभयो । उहाँले मञ्चबाटै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै बसोबास गरिरहेका जनतालाई नहटाईकन उद्योग स्थापनाको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

    गृहमन्त्री खाणले एमाले उपमहासचिव विष्णु पौडेल र मञ्चमा बसिरहनुभएका लुम्बिनी प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ प्रति संकेत गर्दै बुटवललाई राजधानी बनाउँछु भनेर जनतासँग भोट मागेर राजधानी अन्तै सार्ने काम गरेको टिप्पणी गर्नुभयो । उहाले देउवा नेतृत्वको सरकार बनेपछि प्रहरी संगठनमा व्यापक सुधार भएको दाबी गर्दै सरकारले परिचर र सिपाहीलाई सोही पदबाट पेन्सन पाक्ने परम्पराको अन्त्य गरेको जानकारी दिनुभयो । परिचर प्रहरी जवानबाट पेन्सन हुने र प्रहरी जवान सहायक हवल्दारबाट पेन्सन निस्कने प्रवन्ध सरकारले मिलाउने तयारी गरेको खाणले जनाउनुभयो ।

    उहाँले लायन्स आँखा अस्पतालले आँखाको महत्वलाई उजागर गरिदिएको बताउँदै आफुले गृहमन्त्रालय मातहतका अस्पतालहरुमा आँखा विभाग स्थापना गर्ने घोषणा गर्नुभयो । उहाले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकार प्रयत्नशील रहेको भन्दै त्यसलाई पूरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीलाई उडान इजाजतको लागि प्रस्ताव राखिसकेको जानकारी दिनुभयो । लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको रजत महोत्सव समारोहमा आँखा अस्पतालमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.